सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” नारासहित जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले शुक्रबार घोषणा गर्नुभएको हो।
वडाले विद्यालय पहुँच, बालविवाह र बालश्रममुक्त वातावरण, पूर्ण खोप, बालमैत्री पूर्वाधारसहितका ५१ सूचकमध्ये ३८ सूचकमा १०० प्रतिशत र १३ सूचकमा ९५–९७ प्रतिशत प्रगति हासिल गरेको हो।

२०७९ पुस १६ देखि प्रक्रिया अगाडि बढाइएको वडामा हाल ८८६ जना १८ वर्षमुनिका बालबालिका छन्। पालिकाभित्र १२ बालसमूह र १ बालसञ्जाल रहेको छ।
यसअघि चौतारा साँगाचोकगढी–१३, सोही नगरको वडा ७ र मेलम्ची नगरपालिका–७ दुवाचौर पनि बालमैत्री वडा घोषित भइसकेका छन्।













