बिहीबार नेप्से परिसूचक घटेको छ।
नेप्से ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम भने केही बढेको छ।
बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब ८४ करोड रूपैयाँ बढेको हो।
आज ३०६ वटा धितोपत्रको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको हो।













