कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन्। नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै किसानको माग अनुसार मल उपलब्ध गराउन सम्भव नै नभएको बताए।
‘मलको त हाहाकार छ नि भन्छन्, छ हुन्छ, जो मन्त्री भएपनि हुन्छ। गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन। बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ। एक चौथाइ मलले हामीले किसानलाई समयमै मल पुर्याउन सम्भावना नै छैन। तर हामीले छ चिन्ता नगर्नुस् भन्नैपर्याे।’














