पतञ्जलीको जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बयान सुरू भएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरू भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दायर गरेको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत पुगेको उनका वकिल कपिलदेव ढकालले बताए।
नेपालको बयान सकिएसँगै थुनछेक बहस हुनेछ।













