नेपाल विद्युत प्राधिकरणले बत्ती गएमा ११५० मा फोन गर्न अनुरोध गरेको छ।
प्राधिकरणको कल सेन्टरले बत्ती किन गयो?, कतिबेला आउछ? के कारणले गएको हो? भन्ने जानकारी उपभोक्ताहरूलाई गराइरहेको जनाएको छ। प्राधिकरणले देशका सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरेको जनाएको हो।

बत्ती गएको जानकारीका लागि सेवाग्राहीले ११५० नम्बरमा डायल गर्नुपर्छ।













