भरतपुर महानगरद्वारा ५ अर्ब १९ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ।

आइतबार सम्पन्न नगरसभामा उपमेयर चित्रशेन अधिकारीले आन्तरिक आय १ अर्ब ८० करोड रुपैयाँसहित अन्तरसरकारी वित्तीय हस्तान्तरण, संघ तथा प्रदेश राजश्व बाँडफाँट जनसहभागिता, बैंक मौज्दात, सडक बोर्डबाट प्राप्त हुने रकमबाट बजेटको कार्यान्वयन गरिने जानकारी गराए।

महानगरपालिकाले आगामी वर्ष वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न वडाहरूलाई ३ करोड २१ लाख १८ हजार ७०७ देखि ३ करोड ४० लाख ३३ हजार ४९२ रुपैयाँ दिने प्रस्ताव गरेको छ। वडागत तथा समग्र महानगरपालिकाको विकासमा प्रतिस्पर्धा कायम हुने अपेक्षासहित न्यूनतम र सुत्रमा आधारित भएर वडाहरूलाई बजेट विनियोजन गरिएको उपमेयर अधिकारीले जानकारी दिए। यसरी बजेट विनियोजन गर्दा वडाहरूले मात्रै ९४ करोड ७८ लाख ७९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछन्।

महानगरले कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, कर्मचारीलाई प्रोत्साहन सुविधाका साथै महानगरपालिकाको समग्र प्रशासनिक कार्यको लागि ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मेयर रेनु दाहालले चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनाहरू समयमै सम्पन्न गर्न ६० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर