चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक जना पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ ।
करिब ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ पुलचोकबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ती पुरुषलाई जीवितै उद्धार गर्न सफल भएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धारपछि उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको छ ।













