बलेफी–५ मा नाङ्साल युवा क्लबको स्थापना,बिञ्ज्याल आ वि का बिद्यार्थीलाई ट्रयाकसुट वितरण

लेफी गाउँपालिका–५, माथिल्लो बिन्जेलमा स्थापना गरिएको नाङ्साल युवा क्लबको औपचारिक उद्घाटन कार्यक्रम २०८२ साल असार ८ गते एक भव्य समारोहका साथ सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ रहनुहुँदा कार्यक्रम अझै विशेष र प्रेरणादायी बनेको थियो। उद्घाटन समारोहमा क्लबले बिन्ज्याल आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्र्याकसुट) वितरण गर्‍यो। यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शिक्षामा प्रोत्साहित गर्नुका साथै अतिरिक्त क्रियाकलापमा सहभागी हुन उत्प्रेरित गर्नु रहेको क्लबले जनाएको छ।

कार्यक्रममा क्लब अध्यक्ष रामकाजी तामाङले क्लबको स्थापना, उद्देश्य र भावी योजनाहरू प्रस्तुत गर्दै समाज रूपान्तरणमा युवाहरूको अग्रणी भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ र वातावरण संरक्षणजस्ता सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, प्रमुख अतिथि गंगा बहादुर तामाङले क्लबको सुरुआतलाई सकारात्मक पहलको रूपमा स्वागत गर्दै यसले समाजमा नयाँ ऊर्जा र प्रेरणा ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, गाउँपालिकाको तर्फबाट यस्ता सामाजिक कार्यमा निरन्तर सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, समाजसेवी, विद्यार्थी तथा क्लब सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर