नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













