काठमाडौंमा सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा हट्यो, तर समन्वय अनिवार्य

काठमाडौंको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै काठमाडौंको चक्रपथ भित्र लगाइएका निषेधाज्ञालाई हटाएको हो।

राजावादीहरू प्रदर्शन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो।

नयाँ सूचना अनुसार, अब त्यस्ता कार्यक्रम जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गर्न सकिनेछ। यसको अर्थ निषेधाज्ञा पूर्ण रूपमा नहटे पनि प्रशासनसँग समन्वय गरेर सार्वजनिक स्थानमा विरोधका कार्यक्रम गर्न बाटो खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर