घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर