बलेफी-४ मा कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ४ ले स्थानीय कृषकहरूको मागका आधारमा ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।

वडा कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच पालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ तथा वडा अध्यक्ष सुर्जे तामाङको उपस्थितिमा १९ जना कृषकहरूलाई मौरीसहितको घार वितरण गरिएको हो।

पालिका अध्यक्ष गंगा बहादुर तामाङले कृषिमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै स्थानीय स्तरमा उत्पादकत्व अभिवृद्धि गर्न र स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो।

त्यस्तै उपाध्यक्ष सरु लामा तामाङले कार्यक्रमलाई महिला तथा युवामुखी कार्यक्रमको उदाहरणको रूपमा लिन आग्रह गर्दै यसले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने भएकाले भविष्यमा अझ धेरै कृषकहरूलाई समेट्ने गरी कार्यक्रम विस्तार गर्ने बताउनुभयो ।

वडा अध्यक्ष सुर्जे तामाङले मौरी पालनलाई दिगो कृषिको एक विकल्पका रूपमा लिनुपर्ने भन्दै वडाले कृषकहरूसँग निरन्तर समन्वय गरी कृषकहरूको मागलाई प्राथमिकतामा राख्दै प्रत्यक्ष लाभ दिने कार्यक्रमहरूलाई निरन्तरता  दिइने बताउनु भयो।

कार्यक्रममा वडाका स्थानीय कृषकहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागी कृषकहरूले यस्तो कार्यक्रमले आफूहरूमा नयाँ हौसला जागेको बताउँदै धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर