महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको गुनासो गरेका छन् ।
नाम, रङ र डिजाइनसमेत नक्कल गरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन् ।

‘महानगर यातायातकै नाम, रङ र डिजाइनसमेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरी एकै रुटमा चलिरहँदा हामी सञ्चालकमात्र नभएर यात्रुहरूले समेत समस्या झेलिरहेका छन्,’ उनले भने, ‘यसबारे पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही भएको छैन । नियमानुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पुर्याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन ।’













