नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ स्थिर छ।
आइतबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य पनि स्थिर छ।
आइतबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













