कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेश सभामा आइतबार बजेट प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालुतर्फ १८ अर्ब ६८ करोड ३३ लाख अर्थात ५२ प्रतिशत, पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन्।

कोशी सरकारले यसपटक रहेक सांसदका लागि उनीहरूले छानेका योजनामा बजेट छुट्टयाएर सांंसदहरूलाई पहिले झैं बाँड्ने योजना बनाएको छ। जसअनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूले अढाई करोड बराबरका योजना पेस गरेका थिए भने समानुपातिक सांसदले डेढ करोडका योजना पेस गरेका थिए।













