नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।
गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













