नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।
बिहीबार प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













