काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउन बल्ल पहल अघि बढाएका छन् । उनले हिजो उपमेयर सुनीता डंगोल र तीन पार्टीबाट निर्वाचित तीन वडाअध्यक्षसँग गोप्य छलफल गरे ।
उपमेयर डङ्गोलसहित तीन वडा अध्यक्षसँगको छलफलपछि मेयर साह कार्यपालिका बैठक र नगर सभा बोलाउन तयार भएका छन्। छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए।

मेयर साहसँगको भेट नियमित भएको उल्लेख गर्दै मेयर साहले चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्न सहमत भएको जनाकारी दिए । उनले उपमेयर सहितको बैठकमा चाँडै बैठक बोलाउने आशा रहेको बताए ।
‘उपमेयर सहितको छलफल भएको छ । मेयर साहसँगको भेटघाट नियमित हो । तर चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्ने आशा छ ।’ काठमाडौँ महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा मेयर एक पक्ष र उपमेयर डङ्गोल तथा वडा अध्यक्ष एकै ठाउँमा आउँदा थप समस्या बढ्दै गएको थियो ।
विवाद सिर्जना भएसँगै मेयरको उपमेयरसँग करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन । बुधवार मेयर र उपमेयरबिचको संवादहीनता समेत तोडिएको छ ।













