नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ।
मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













