नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ।
आइतबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













