सप्तकोशी नदीमा विपदमा उद्धारको अभ्यास गर्ने क्रममा पानीमा डुबेका सशस्त्र प्रहरी जवान सुरज साउदको शव भेटिएको छ। साउद बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो।
बिहीबार बेपत्ता भएका साउदको शव आइतबार कोशी ब्यारेजको ५५ नम्बर ढोकामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताएका छन्।

सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा पाँच जना गोताखोरसहितको तालिम प्राप्त टोली सप्तकोशी नदीमा अभ्यासको लागि गएका थिए।
कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो।













