नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ।
यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













