चौतारा- सिन्धुपाल्चोकमा राहत शिक्षक जिल्ला समितिले नयाँ २९ सदस्यीय कार्यसमिति गठन गरेको छ। चौतारास्थित सुकुटे माविमा आयोजित भेलाले उपाध्यक्ष गुणकेशरी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गर्दै उनलाई सर्वसम्मतिले नयाँ जिल्ला अध्यक्ष चयन गरेको हो।
पूर्व अध्यक्ष राजेन्द्र सापकोटाप्रति असन्तुष्टि जनाउँदै भेलाले शिक्षक आन्दोलनको समीक्षा, पालिका समितिको अवस्था र आगामी योजना सम्बन्धमा व्यापक छलफल गरेको थियो।

कार्यक्रममा राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठलगायत नेताहरूको उपस्थिति थियो। श्रेष्ठले ४२ हजार राहत शिक्षकका लागि ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ उपयुक्त विकल्प भएको बताए।
भेलाले पेशागत सुरक्षाका लागि चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने निर्णय समेत गरेको छ।













