नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ भने चाँदी बढेको छ।
बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।








