नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य उच्च बढेको छ।
सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मंगलबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













