सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ को आयोजनामा “बालमैत्री व्यवहार, आजको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। वडाभित्र रहेका १८ वर्षमुनिका बालबालिकाको सहभागितामा सो कार्यक्रम आगामी २०८२ जेठ २४ गते सेतीदेवी आधारभूत विद्यालय, ज्यामिरेमा आयोजना हुने वडा अध्यक्ष यादव ठकुरीले जानकारी दिनुभयो।
बाल अधिकार, समावेशिता र सकारात्मक सामाजिक व्यवहारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिन लागेको प्रतियोगितामा इच्छुक बालबालिकाले मिति २०८२ जेठ २३ गतेभित्र वडा कार्यालयमा सम्पर्क गर्न सूचना मार्फत जानकारी गराइएको छ।

कार्यक्रमले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै अभिव्यक्ति कौशल विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। वडाले यो गतिविधिलाई बालमैत्री समाज निर्माणतर्फको सार्थक कदमको रूपमा लिएको छ।













