नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ।
सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













