टिकटकमा हिट, अब युट्युबमा धमाका मच्चाउँदै हिराकाजी सेन्चुरीको ‘दिउँला चिनो’

काठमाडौँ -नेपाली लोक तथा दोहोरी गीतसंगीतमा विशेष पहिचान बनाइसकेका चर्चित कलाकार हिराकाजी सेन्चुरीले नयाँ लोकदोहोरी गीत “दिउँला चिनो” सार्वजनिक गरेका छन्। गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भएको छ।

वरिष्ठ गायक घमेश दुलाल र लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको यस गीतमा अशोक कुमार सापकोटाको शब्द रचना रहेको छ। लय राम्जी थापा मगरको छ भने संगीत संयोजन नारायण दंगालले गरेका छन्।

गीतमा हिराकाजी सेन्चुरी र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मिलन श्रेष्ठको निर्देशन, सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको भिडियोले उत्कृष्ट दृश्यगत अनुभव दिन्छ।

सार्वजनिक हुनु अघि नै टिकटकमा भाइरल भइसकेको “दिउँला चिनो” गीत  म्युजिक प्लस स्टुडियोमा गोपाल दयालले रेकर्ड गरेका हुन् भने अडियो मिक्सिङ मनोज परियारले गरेका हुन्।

श्रृङ्गारिक भावनाले भरिएको गीत “हार छु बरु करोडको बाजी तिमीलाई छोड्न हुन्न म राजी…” जस्ता चर्चित लाइनले दर्शक श्रोताको ध्यान तानेको छ।

गीत Hira Kaji Senchuri युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो र अडियो तथा भिडियोलाई दर्शकले अत्यन्तै मन पराइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर