लामोसाँघुमा फुटसल ग्राउन्ड र खुल्ला व्यायामशाला उद्घाटन

सिन्धुपाल्चोक — बलेफी गाउँपालिका वडा नं. ८ मा विनियोजित बजेटबाट निर्माण गरिएको लामोसाँघु फुटसल ग्राउन्ड र खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रम वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो भने प्रमुख अतिथि उपाध्यक्ष सरु लामा तामाङ रहेकी थिइन्।

स्थानीयस्तरमै खेलकुद प्रवर्द्धन तथा स्वास्थ्य सचेतना अभिवृद्धिको उद्देश्यले निर्माण गरिएको यो पूर्वाधारले बालबालिका, युवायुवती तथा वृद्धवृद्धा सबैलाई लक्षित गरेको वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा स्थानीय अगुवाहरू, शिक्षक, युवा र बृद्धबृद्धाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा वडाले खेलकुद र शारीरिक तन्दुरुस्तीप्रति देखाएको प्रतिबद्धता सराहनीय रहेको भन्दै सहभागीहरूले वडाप्रति धन्यवाद व्यक्त गरे।

यस पूर्वाधारले लामोसाँघु क्षेत्रलाई खेलकुद तथा सामुदायिक गतिविधिको नयाँ गन्तव्य बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर