काठमाडौं –नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनलाई थप सशक्त बनाउन सबै शिक्षकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
सरकारसँग गएको राति सिंहदरबारमा भएको वार्तामा पूर्ण सहमति नजुटेपछि सुवेदीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आन्दोलनलाई थप सशक्त बनाउन अपिल गरेका हुन्। “आन्दोलन बिना केही पाइँदैन, त्यसैले आन्दोलन बलियो गराऔँ,” उनले भनेका छन्।

सुवेदीले मंगलबार बिहान ठिक ११ बजे माइतीघर मण्डलामा भेला भई आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सम्पूर्ण शिक्षकहरूलाई आह्वान गरेका छन्।
वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले सहमति नजिकिएको दाबी गरे पनि महासंघ अध्यक्ष सुवेदीले धेरै महत्वपूर्ण विषयमा अझै छलफल आवश्यक रहेको बताएका छन्। शिक्षकहरूले आफ्ना जायज माग पुरा गराउन आन्दोलनलाई थप सुदृढ पार्ने तयारी गरेको जनाइएको छ।













