काठमाडौं – अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालन भइरहेको ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाअन्तर्गत छैटौं साप्ताहिक विजेताको रुपमा इमाडोलकी गिता नेपाल विजेता घोषित भएकी छन्।
शुक्रबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको मुख्य कार्यालयमा आयोजित कार्यक्रममार्फत रसिद नं. १८१६/८१ का आधारमा गीत नेपालको नाम लक्की ड्रमार्फत चयन गरिएको हो। ड्रको सञ्चालन बिक्री तथा वितरण विभाग प्रमुख कृष्णभक्त श्रेष्ठले गरेका थिए।

गिता नेपालले उपहारस्वरूप ओपोको एथ्री एक्स मोबाइल जितेकी छन्।
उक्त योजना अन्तर्गत अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्ने वा नवीकरण गर्ने सबैले वन्डरल्याण्डको रोमाञ्चक खेलका लागि १५ सय रुपैयाँ बराबरको भौचर, आईएनआई सिनेमाको मुभी टिकट, नगद छुटका स्क्र्याच कार्ड, अन्नपूर्ण केबलकारको टिकट लगायत विविध उपहार प्राप्त गर्नेछन्।
त्यसैगरी, साप्ताहिक रूपमा मोबाइल र स्पा भौचर, पाक्षिक रूपमा १ वर्षको इन्टरनेट प्याकेज र मासिक रूपमा वासिङ मेसिनजस्ता आकर्षक उपहार पनि प्रदान गरिनेछ।
चार महिना लामो यो योजना देशभर लागू गरिएको छ। अन्नपूर्णले पाठकप्रतिको सम्मान स्वरूप यस्तो आकर्षक योजना सञ्चालनमा ल्याएको जनाएको छ।













