सिन्धुपाल्चोक — पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, पुजारी टोलमा ढुङ्गासहितको पहिरो खस्दा स्काभेटर पुरिएको छ। मंगलबार साँझ साढे ६ बजे ललित बहादुर श्रेष्ठको लक्षीण टेवा भिरस्थित ढुङ्गा खानीमा स्काभेटरले काम गरिरहँदा माथिबाट अकस्मात् पहिरो खसेको हो।
स्काभेटर चालक भित्रै रहेको अनुमान गरिए पनि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्। सहचालक भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

प्रहरी रात परेको कारण उद्धार कार्य रोकिएको बताउँदै, बुधबार बिहानबाट स्काभेटरमार्फत पहिरो पन्छाउने कार्य सुरु गरिने जनाएको छ। स्काभेटर पूर्ण रूपमा क्षति भएको छ।













