नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













