काठमाडौंसहित यी स्थानमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको  मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर