बलेफी गाउँपालिकाको आयोजनामा हाते ट्याक्टर मर्मतसम्बन्धी ५ दिने आधारभूत तालिम सुरु

सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाको आयोजनामा गरिबी निवारण तथा स्थानीय सीप अभिवृद्धिको उद्देश्यका साथ लघु उद्यम विकास कार्यक्रमअन्तर्गत हाते ट्याक्टर मर्मतसम्बन्धी ५ दिने आधारभूत तालिम आजदेखि सुरु भएको छ।

खाडीचौरस्थित सभाहलमा सञ्चालन भएको उक्त तालिममा पालिकाका आठवटै वडाबाट २४ जना सहभागी भएका छन्। कृषि क्षेत्रमा व्यापक प्रयोग हुने हाते ट्याक्टरको मर्मतसम्भारको ज्ञान दिलाई स्थानीय युवाहरूलाई स्वरोजगारमूलक दक्षता प्रदान गर्न तालिम केन्द्रित गरिएको हो।

पालिकाले यस किसिमको तालिममार्फत गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने र प्रविधिमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको जनाएको छ। तालिममा अनुभवी प्रशिक्षकद्वारा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ।

बलेफी गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र बजार मागअनुसार विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर