नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













