नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ ।













