काठमाडौं ।जाजरकोट जिल्लाको पैंक क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार साँझ ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ७ मिनेट जाँदा महसुस गरिएको हो।

भूकम्पको धक्का जाजरकोट तथा आसपासका जिल्लाहरूमा समेत अनुभूत गरिएको बताइएको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त नभएको जनाइएको छ।
स्थानीयवासीहरू भूकम्पपछि घरबाहिर निस्किएको बताइएका छन्। थप विवरण आउन बाँकी छ।








