राजावादीको प्रदर्शनका क्रममा शुक्रबार मृत्यु भएका कीर्तिपुरमा २९ वर्षीय सविन महर्जनलाई गोली लागेको पुष्टि भएको छ । उमंगलबार पोस्टमार्टम गर्दा उनलाई एक गोली लागेको पुष्टि भएको हो । पाेस्टमार्टमपछि शव अस्पतालले परिवारको जिम्मा लगाएको छ ।
महर्जनको पोस्टमार्टम भए पनि सोही दिन आगलागी भएको भवनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको भने पोस्टमार्टम हुन सकेको छैन ।

प्रहरीले पोस्टमार्टम नै नभएकाले भ्रममा नपर्न भन्दै अपिल जारी गरेको थियो । उता महाराजगञ्जक चिकित्सकहरूले पोस्टमार्टम गर्नुअघि रजकको शवको एक्स रे गर्नुपर्ने बताएको चर्चा छ ।













