काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्र का अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार २०८० माघ २९ मा प्रकाशित राजपत्रअनुसार बिदा दिने निर्णय गरिएको हो।
रमजानको समापनसँगै मुस्लिम समुदायले ईद उल फित्र मनाउँदै छन्। यो अवसरमा ईदगाह वा मस्जिदमा सामूहिक नमाज पढ्ने, आपसी शुभकामना आदान–प्रदान गर्ने तथा मिष्ठान्न परिकार बाँड्ने परम्परा रहेको छ।

ईदका लागि मुस्लिम समुदायले एक महिनासम्म रोजा (उपवास) बसेका थिए। यो पर्व दान, सेवा र आपसी सद्भाव को प्रतीक मानिन्छ।













