काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४१ जनामाथि प्रहरीले थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणा सहित ११ जनामाथि राजद्रोह र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ भने बाँकी ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले दुर्गा प्रसाईंका सहयोगी मनिन्द्र राजभण्डारी, गोपाल मल्लसहित तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरूलाई विभिन्न प्रमाणका आधारमा पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये मिश्र र राणाको स्वास्थ्यलाई ध्यानमा राखी उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको छ।
हेर्नुहोस् पक्राउ पर्नेहरूको सूचीः













