काठमाडौँ । नेपाल कुरियर सेवा संघ (कोसान) ले तीनकुने क्षेत्रमा राजावादी समूहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै सबै नीति नियमको परिपालना गरि संचालनमा रहेको कुरियर व्यवसायी प्रति देखिएको यस किसिमको गतिविधिप्रति विरोध जनाएको हो ।

संघले भनेको छ,‘राजनीतिक विरोधको नाममा भएको यस किसिमको ढुङ्गामुढा, आगजनी तथा तोडफोडबाट भएको क्षतिले निजि क्षेत्र निरुत्साहित हुनुको साथै व्यक्तीको निजी सम्पतीको लुटपाट गर्नुको साथै यस किसिमको हर्कत गर्ने कुनै पनि समूह तथा राजनीतिक दलप्रति संघ खेद प्रकट गर्दछ ।’
संघले तोडफोड तथा आगजनीको घटनामा संलग्न समूह तथा व्यक्तिको खोजी गरी कानून अनुसार कार्वाही गर्न आग्रह गरेको छ ।













