जलविरे भ्याली क्याम्पसमा नवनिर्वाचित स्ववियु टिमलाई बधाई कार्यक्रम सम्पन्न

बलेफी गाउँपालिका-१, जलविरेस्थित जलविरे भ्याली क्याम्पसमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) टिमलाई बधाई दिने कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले क्याम्पसमा अध्ययनरत बलेफी गाउँपालिका भित्रका विद्यार्थीहरूको भर्ना शुल्क गाउँपालिकाले व्यहोर्ने घोषणा गर्नुभएको छ। उहाँले शिक्षालाई सबैका लागि सहज र पहुँचयुक्त बनाउन स्थानीय सरकारले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो।उहाँले शिक्षा सबैका लागि सहज र समान हुनुपर्नेमा जोड दिँदै विद्यार्थीलाई कुनै आर्थिक समस्याका कारण पढाइमा अवरोध नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले यो निर्णय लिएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा माओवादी केन्द्रका बलेफी गाउँपालिका अध्यक्ष कालीप्रसाद लामा लगायत विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँपालिकाको निर्णयको स्वागत गर्दै यसले विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच सहज बनाउने विश्वास व्यक्त गरेका छन्। उक्त कार्यक्रम स्ववियु टिमको नेतृत्वदायी भूमिकालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। नयाँ नेतृत्वले विद्यार्थीका हकहितका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर