बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

बुधबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला दुई हजार २० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर