सिन्धुपाल्चोक, चैत १३ – बन्देउदेखि तातोपानीको लिपिङसम्मको अरनिको राजमार्ग स्तरोन्नतीका लागि सरकारद्वारा तीन अर्ब बजेट सुनिश्चित भएको छ। प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त सडक मर्मत सुधार तथा स्तरोन्नती गर्न सरकारले उक्त बजेट उपलब्ध गराएको हो।
सांसद माधवप्रसाद सापकोटाको विशेष पहलमा बजेट स्वीकृत भएसँगै सडक विभागले ठेक्का प्रक्रिया अगाडि बढाएको छ। उक्त सडकखण्डलाई चौडा पार्ने, पहिरो व्यवस्थापन तथा मर्मतसम्भार कार्य चार वटा प्याकेजमा विभाजन गरी गरिनेछ।

अर्थ मन्त्रालयले माघ ६ गते बजेट सुनिश्चित गरेपछि चालु आर्थिक वर्षमै ३९ करोडका काम सुरु गरिनेछ। सडक विभागले केही साताभित्र ठेक्का प्रक्रिया अघि बढाउने जनाएको छ।













