नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको छ।
सरकारले कुलमान घिसिङलाई प्रबन्ध निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेपछि प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको हो ।

एकीकृत समाजवादीनिकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ। उनीहरूले मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरे।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन्। सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ।
घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन्।













