नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ भने चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लाे दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













