नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ सामान्य घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






