श्रीकृष्ण रत्नगंगा विद्यालय व्यवस्थापन समिति निर्वाचन: माओवादी प्यानल विजयी

सिन्धुपाल्चोकको चौतारामा रहेको श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (विव्यस) को निर्वाचन सम्पन्न भएको छ। शनिबार भएको निर्वाचनमा माओवादी-समाजवादी प्यानल विजयी भएको छ।

माओवादीका ईश्वरीप्रसाद श्रेष्ठ नेतृत्वको प्यानलले सबै पदमा जित हासिल गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्यो। श्रेष्ठले ३५८ मत प्राप्त गर्दा अन्य विजयी सदस्यहरूले पनि ३२२ भन्दा बढी मत पाए। कुल १,३८९ मतदातामध्ये ८६४ जनाले मतदान गरेका थिए।

चुनावपछि विजयी पक्षले अविर जात्रा निकाल्दै उत्सव मनायो। सहमति नजुटेपछि प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठको निर्णयअनुसार निर्वाचनमार्फत समितिको चयन गरिएको थियो। व्यापक सुरक्षाबीच सम्पन्न निर्वाचनले विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व ल्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर