तातोपानी धारामा सुविधासम्पन्न संरचना, स्नान मेला सुरु

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित नेपाल–चीन सीमा क्षेत्रको तातोपानी धारालाई स्थानीय सरकारले सुविधासम्पन्न बनाएको छ। चैत महिनाभर सञ्चालन हुने स्नान मेलालाई लक्षित गर्दै गाउँपालिकाले ३ करोड लागतमा बाथटब र धारा निर्माण गरेको हो, जसले एकैपटक ४६ जनाले स्नान गर्न सक्नेछन्।

पर्यटकहरूलाई आकर्षित गर्न धारा परिसरमा रेस्टुरेन्ट, शौचालय, पार्क, सामुदायिक भवन, शिव नन्दीमूर्ति तथा अन्य संरचना निर्माण गरिएका छन्। तातोपानी नाका पुनः सञ्चालनमा आएसँगै पर्यटकको आगमन बढ्ने आशा गरिएको छ।

चैत १ गतेदेखि एक महिने स्नान मेला सुरु भएको छ। गन्धकयुक्त ४४ डिग्री सेल्सियस तापक्रमको पानीले चर्मरोग तथा पेटसम्बन्धी रोग निको हुने धार्मिक विश्वास रहेको छ। धाराको धार्मिक महत्त्व महादेव, ऋषि श्रृंगी र पद्मसम्भवसँग जोडिएको बताइन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर